रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म | Khabarhub Khabarhub

रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा भइरहेका छन् ।

अहिले त्यहाँ भिड बढेसँगै सुरक्षाका लागि प्रहरी टोली पनि पुगेको छ । बर्दीमा आवश्यक तयारीसहित प्रहरीको टोली तैनाथ छ । त्यस्तै सादा पोशाकका प्रहरी पनि त्यहाँ पुगेका छन् ।

प्रहरीको टोली कार्यालय परिसरभित्र छिरेर पनि बाहिर निस्किएको छ । अहिले प्रहरी टोली भ्यानसहित रास्वपा कार्यालयबाट केही बाहिर बसेको छ ।

रास्वपाले कार्यकर्ता उपस्थित हुन आग्रह गरेपछि उनीहरू पुगेका हुन् । ‘हाल पार्टी कार्यलय च:मतीमा पार्टीका केन्द्रीय सदस्य, सचिवालयका सदस्य र रविका निजी वकिल पनि पुगिसकेका छन्’, एक कार्यकर्ताले भने ।

जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

गोर्खा मिडिया नेट्वर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ४८ बजे

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति