विश्वकप लिग–२ : क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « Khabarhub

विश्वकप लिग–२ : क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप लिग–२ मा क्यानडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल खेल्न लागेको हो। नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी(२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ। क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी(२० आई सिरिज खेल्नेछ।

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : २१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति