नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए « Khabarhub

नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण भारतीय फिल्म ‘ज्याक’को टोली छायांकनका लागि करिब एक सातादेखि काठमाडौंमा छ । निर्देशक बमरिल्लु भास्करले उपत्यकाको विभिन्न स्थानमा फिल्मको छायांकन गरिरहेका छन् ।

यस फिल्मको छायांकनमा आइतबारदेखि तेलगु स्टार प्रकाश राज सहभागी भएका छन् । उनले सामाजिक सञ्जाल एक्स (पहिलाको ट्विटर)मा भक्तपुरमा भइरहेको छायांकनको भिडियोसमेत राखेका छन् ।

प्रोडक्सन मेनेजर पुस्कार लामाका अनुसार प्रकाश राजको छायांकन तालिका १० दिनको रहेको छ । उनी भन्छन्, ‘गत सोमबारदेखि छायांकन भइरहेको छ । प्रकाश राज आजबाट जोडिनु भएको हो ।’

प्रकाश राज छायांकनका लागि शनिबार काठमाडौं आइपुगेका हुन् ।

यस फिल्ममा नेपाली प्राविधिकको पनि उल्लेखनीय सहभागिता रहेको बुझिएको छ । गोपनीयताका लागि लामाले संख्या भने खबरहबलाई खुलाएनन् । भन्छन्, ‘यो कुरा खुलाउन मलाई अधिकार दिइएको छैन ।’

यस फिल्मको शीर्ष भूमिकामा नायक सिद्धु जोन्नालगड्डा, वैष्णवी चैतन्य, प्रकाशराज लागयतको अभिनय रहेको छ ।

प्रकाश राज भारतको कर्नाटकका हुन् । उनी ९० को दशकदेखि फिल्ममा सक्रिय छन् । हालसम्म करिब ४०० भन्दा बढी फिल्ममा उनले अभिनय गरेका छन् । उनले कही फिल्म निर्माण र निर्देशन पनि गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ५३ बजे

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो