अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु « Khabarhub

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

बर्मिङ्घम – अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन) क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ ।

गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन जिल्लामा भएको अधिकारी ट्रुमन फिट्जगेराल्डले एक इमेलमा जानकारी दिए ।

घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला पारेका थिए । उनीहरूलाई त्यहीँ मृत घोषित गरियो । फिट्जगेराल्डका अनुसार अर्का एक पुरुष गोली पीडितलाई अस्पतालमा मृत घोषित गरियो ।

“प्रारम्भिक अनुसन्धानले धेरै शङ्कास्पदहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेको ठूलो समूहमाथि गोली चलाएको देखाएको छ”, उनले भने, “अनुसन्धानकर्ताहरूले धेरै पीडित क्रसफायरमा पर्नेगरी भएको गोलीबारी आकस्मिक नभएको र एक अलग घटनाबाट उत्पन्न भएको विश्वास गरेका छन् ।”

घाइतेहरू अस्पतालहरूमा देखिन थालेको उनले बताए । आइतबार बिहानसम्म प्रहरीले १८ अन्य पीडित पहिचान गरेको थियो । केहीको अवस्था जीवन–जोखिमपूर्ण रहेको थियो ।

फिट्जगेराल्डका अनुसार तत्काल कसैलाई पक्राउ गरिएको छैन । अनुसन्धानकर्ताहरूले अझै पनि लक्षित व्यक्तिहरू निर्धारण गरेका छैनन् । कुनै पनि जानकारी भएमा अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ र पुरस्कारको सम्भावना रहेको प्रहरीले बताएको छ ।

फाइभ पोइन्ट्स साउथ क्षेत्रमा मनोरञ्जन स्थल, रेस्टुरेन्ट र बारहरू छन् र त्यहाँ शनिबार राति प्रायः भीड हुन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : ०० बजे

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको