छविलाल जोशीलाई पोखरा लगियो « Khabarhub

छविलाल जोशीलाई पोखरा लगियो


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ ।

अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । उनलाई सोमबार अदालतमा पेस गरिनेछ ।

जोशीलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गरिएकाले अदालतबाट थप म्याद लिन जहाजमार्फत पोखरा लगिएको हो ।

छवि पक्राउ परेसँगै गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ। गितेन्द्रबाबु राई (जीबी), रवि र छवि गोर्खा मिडियाका साझेदार हुन् ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएलगत्तै प्रहरीले सक्रियता बढाएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको