समाचार

छविलाल जोशीलाई पोखरा लगियो

By खबरहब

September 22, 2024

काठमाडौं – सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ ।

अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । उनलाई सोमबार अदालतमा पेस गरिनेछ ।

जोशीलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गरिएकाले अदालतबाट थप म्याद लिन जहाजमार्फत पोखरा लगिएको हो ।

छवि पक्राउ परेसँगै गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ। गितेन्द्रबाबु राई (जीबी), रवि र छवि गोर्खा मिडियाका साझेदार हुन् ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएलगत्तै प्रहरीले सक्रियता बढाएको हो ।