कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला « Khabarhub

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको बताएका छन् ।

आइतबार राति पार्टीको केन्द्रिय कार्यलयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले सरकारले जे पनि गर्न सक्ने भन्दै देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् ।

उनले भने, ‘ढुक्क भएर बस्ने अवस्था छैन। मलाई सरकारले जे पनि गर्छ मलाई यो सरकारको विश्वास छैन। सरकारको विश्वास छैन। साथीहरू तम तयार भएर बस्नुहोला। यसलाई नजिकबाट हेर्नुहोला। म कुनै व्यक्तिगत लाभको पक्षमा छैन। मलाई भरोसा छैन सरकारले जे पनि गर्न सक्छ। यो सरकार विरोधीहरूलाई धरपोखर गर्न बनेको सरकार हो।बै नयाँ शक्ति एकैठाउँ बिनाका लागि कसैले त्याग गर्नुपर्छ भने सबैभन्दा ठूलो ठूलो त्याग म गर्न तयार छु। म रास्वपा शुभचिन्तक नेपाली दाजुभाईहरुलाई अलर्टमा रहनको लागि अनुरोध गर्दछु।’

उनले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए ।

उनले भने, ‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ ।’

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : ५५ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका