खेलकुद

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

By खबरहब

September 22, 2024

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा गुलशन झा ३४ रन बनाएर आउट भए ।

गुलशन हर्ष ठाकरको बलमा २७ ओभरको पहिलो बलमा आउट भएका हुन् । २८ ओभरको खेल सकिँदा नेपालले ७ विकेट गुमाएर ८८ रन बनाएको छ । सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन् ।

यसअघि नेपालले दुवै ओपनर सस्तैमा गुमाएको थियो । आज ओपनिङमा आएका अर्जुन साउद २७ बलको सामना गर्दै १० रनमा आउट भए । त्यस्तै आसिफ शेखले २ रनमा पेभेलियन फर्कदा भीम सार्की ४ रनमा आउट भए । ११ बलको सामना गरेका कप्तान रोहित पौडेलले मात्र ४ रन बनाउन सके । रोहित ११ औं ओभरको दोस्रो बलमा रन आउट भए । अनिल शाह एक रनमा आउट भए ।

लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग(२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।