फाइल फोटो ।

समाचार

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

By खबरहब

September 22, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको विषयमा आफू प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत लामिछानेले सहकारी पीडितलाई न्याय दिने नियम भए आफू वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु,बिचौलियाको घर चाहिन्न।’

यसअघि पार्टी सभापति पक्राउ पर्ने चर्चापछि पार्टी कार्यलयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका थिए ।