जेलबाट रिहा हुँदै ट्रम्पका रणनीतिकार स्टिभ « Khabarhub

जेलबाट रिहा हुँदै ट्रम्पका रणनीतिकार स्टिभ


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संसद्को अवहेलनाको कारण चार महिना जेलमा बिताएपछि ट्रम्पका पूर्व रणनीतिकार स्टिभ बानोन जेल मुक्त हुने भएका छन्। डेनबुरीमा रहेको जेलमा रहेका उनलाई सङ्घीय जेलको सुविधा प्रदान गरिएको थियो।

सन् २०१६ मा ट्रम्पलाई जिताउन उनको ठुलो भूमिका थियो। उनी २९ अक्टोबरको दिन रिहा हुँदै छन्। उनको रिहाइले ट्रम्पको चुनावी अभियानलाई थप सहज बनाउने अभियान उनका समर्थकले गरेका छन्।

ट्रम्पकै चुनावी अभियानमा सक्रिय एलन मस्कले बन्दुक सम्बन्धी याचिकाका लागि प्रतिबद्धतासहित हस्ताक्षर गर्ने व्यक्ति मध्ये १ जनालाई १ मिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन्। यसका मत स्विङ हुने राज्यका दर्ता भएका मतदाता मात्र सहभागी हुन पाउने छन्। विगतमा डेमोक्र्याटले यो विषयमा आवाज उठाउँदा मस्कले विरोध गरेका थिए।

निर्वाचनको पूर्व सन्ध्यामा रिपब्लिक पार्टीकी विधायिका लिज चेनीले कमला ह्यारिसलाई मतदान गर्न चाहने रिपब्लिक समर्थकले निर्डर हुन् भनेकी छिन्। अहिले १० प्रतिशत भन्दा कम रिपब्लिक मतदाताले ह्यारिसलाई मतदान गर्दै छन्। लिज चेनीको साथले यो सङ्ख्या बढेमा उनको जित सहज हुनसक्ने छ।

उत्तर क्यारोलीनामा पुगेका पूर्व राष्ट्रपति तथा ५ नोभेम्बरमा हुने राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले कमला ह्यारिसको जित प्रजातन्त्रका लागि खतरापूर्ण रहेको बताएका छन्। उनले जुलाई महिनामा जो बाइडेन भागे पछि नै आफ्नो जित भइसकेको दाबी समेत गरे। उनले आँधीबाट प्रभावित क्षेत्रमा सहयोग बाइडेन प्रशासन चुकेका कारण आफू ह्वाइट हाउस प्रवेश गरेर सहयोग गर्ने बताए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ७ : ०३ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने