एएफसी च्याम्पियन्स लिग : अल हिलालको तेस्रो जित « Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल हिलालको तेस्रो जित


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युएईको क्लब अल ऐनलाई ५–४ गोलले हराउँदै अल हिलालले जित निकालेको हो ।

अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक–एक गोल गरेका थिए । यस्तै, अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए ।

खेलको ८२औँ  मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो ।

यस खेलमा अल हिलालका नेइमारले एक वर्षपछि कमब्याक गरेका थिए । इन्जुरीका कारण एक वर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औँ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।

यो जितपछि अल हिलाल ३ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको अल ऐनको एक अंक छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको