राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने « Khabarhub

राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा संघ नेपालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११-१२ गते हायत प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको हो।

एआई सम्मेलनबाट विश्व बजारमा भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको सङ्घले जनाएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

 सम्मेलनमा १००० जना सहभागी हुने छन जसमा ५०० जना सङ्घबाट सिफारिस गरेका प्रतिनिधि हुन्छन भने बाकी ५०० जनाको कोट खुल्ला गरिएको छ। खुल्ला कोटमा सबै इच्छुक युवाहरूले फर्म भरी प्रतिनिधि हुनको लागि आवेदन दिन सक्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ५३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा