तुलसीपुर उपमहानगरका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम « Khabarhub

तुलसीपुर उपमहानगरका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । 

‘जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ’, उनले भनिन्  ‘सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।’ जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने तरिका, जनतालाई सेवा प्रवाह गर्ने शैली, जनताका आवश्यकता बुझ्न तालिम दिइएको उनले बताए। 

उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल वसन्त आचार्यले तालिमको सहजीकरण गरेका हुन् । सोमबार सम्पन्न तालिममा १९ वटै वडाका जनप्रतिनिधि सहभागी थिए । महिला र पुरुष जनप्रतिनिधि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरले जनाएको छ । 

तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ०९ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ