धनराज पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस « Khabarhub

धनराज पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ।

सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को-ओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ ।

सीआईबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

त्यही सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङविरुद्ध भने अझैसम्म अनुसन्धान अघि बढिसकेको छैन।

सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । उक्त ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय बाहिरिइसकेको छ ।

मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ०८ बजे

प्रेमको नयाँ उल्झनमा अनन्या पाण्डे, ‘कल मी बे’को दोस्रो सिजनमा श्रुति हासनको इन्ट्री

काठमाडौं– विलासी जीवनशैली, ग्ल्यामर र प्रेमका रमाइला उतारचढावले दर्शकको ध्यान

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा– गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, विश्वका १०० चलचित्रकर्मी काठमाडौंमा जुट्ने

काठमाडौं– नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र नेपाललाई विदेशी चलचित्र

कैदमुक्त टोपबहादुर रायमाझी राष्ट्रिय भेलामा सहभागी

काठमाडौं– ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता