२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो  « Khabarhub

२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले बढेको छ । नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको हो । 

आज ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ । प्रि ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै माथि गएको थियो । तर, बजारमा दिनभर उतारचढाव हुँदा पनि बजार बन्द हुँदा भने नेप्से २५ अंकले बढ्यो । 

आज १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३१४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ५३ हजार ६७८ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.०३ प्रतिशतले बढेर ३ हजार २८४.३५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२७ प्रतिशतले बढेर २१.१९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले, विकास बैंक १.२५, होटल एण्ड टुरिजम ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.१४, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.६१, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : १३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका