२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो  | Khabarhub Khabarhub

२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले बढेको छ । नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको हो । 

आज ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ । प्रि ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै माथि गएको थियो । तर, बजारमा दिनभर उतारचढाव हुँदा पनि बजार बन्द हुँदा भने नेप्से २५ अंकले बढ्यो । 

आज १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३१४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ५३ हजार ६७८ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.०३ प्रतिशतले बढेर ३ हजार २८४.३५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२७ प्रतिशतले बढेर २१.१९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले, विकास बैंक १.२५, होटल एण्ड टुरिजम ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.१४, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.६१, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : १३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता