रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग « Khabarhub

रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नौजना सांसदहरूविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउने गरेका युवराज सफल पौडेलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काममा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा (५०) को उपदफा (४) बमोजिम तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।

पौडेलले रास्वपा सांसदहरूले पार्टीका कार्यकर्ताहरूलाई आन्दोलनका लागि पोखरामा अनिवार्य उपस्थितिको उर्दीसमेत जारी गरेकोले उक्त कार्य मुलुकी अपराध संहिताविपरित भएको  जिकिर गरेका छन् ।

जाहेरीमा उनले रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोषिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहितलाई विपक्षी बनाउँदै जाहेरी दिएका हुन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २६ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ?

काठमाडौं– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका