प्रतिष्ठानहरूमा एकरूपता हुन जरुरी : मन्त्री पाण्डे  | Khabarhub Khabarhub

प्रतिष्ठानहरूमा एकरूपता हुन जरुरी : मन्त्री पाण्डे 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरूको काममा एकरूपता हुन जरुरी रहेको औँल्याएका छन् । 

मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

मन्त्री पाण्डेले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति बेहोर्नुपर्‍यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ । मन्त्री पाण्डेले थप्दै भने, कतिपय प्रतिष्ठानहरू नाम मात्रैका छन् । कहिँ कानूनको अभाव त कहिँ भवनहरूको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरूलाई एकरूपता हुने गरी व्यवस्थित गर्न जरुरी छ । 

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकिर गरे। उनले प्रतिष्ठानको कार्यमा एकरूपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरूले चिन्ता र चासो लिनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरण गर्न मन्त्रालय सदैव तत्पर भएको समेत उद्घोष गरे । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०-०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरूले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न, दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए । 

साथै ललितकला प्रतिष्ठानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २२ बजे

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार