दयाहाङ अभिनित ‘राजागञ्ज’ चैत १ देखि प्रदर्शनमा आउने « Khabarhub

दयाहाङ अभिनित ‘राजागञ्ज’ चैत १ देखि प्रदर्शनमा आउने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ ।

फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो । नेपालमा ‘राजागञ्ज’ नाममा फिल्म प्रदर्शन हुने भए पनि विदेशका फेस्टिभलहरूमा ‘पूजा, सर’ शीर्षकमा स्क्रिनिङ हुँदै आएको छ ।

फिल्मको निर्मातामा दयाहाङ राई, रामबाबु गुरुङ लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्माता निर्देशक अनुराग कश्यप पनि जोडिएका छन् ।

फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । उनका अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए ।

सन् २०१७ मा चर्चित अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दीपकलाई हेर्नै पर्ने विश्वका ९ निर्देशकहरुको सूचीमा राखेको थियो ।

उनले विश्व प्रतिष्ठित लोकार्नो, सिड्नी जस्ता फेस्टिभलमा जुरीको भूमिकासमेत निभाइसकेका छन् ।

यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ३० बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली