फिल्म निर्माणमा सलोन, ‘रंगी’को छायाङ्न सुरु « Khabarhub

फिल्म निर्माणमा सलोन, ‘रंगी’को छायाङ्न सुरु


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सलोन बस्नेतले फिल्म निर्माणमा हात हालेका छन् । उनी प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को छायाङ्कन मंगलबारबाट सुरु भएको छ ।

३० दिनमा सक्ने लक्ष्य लिएर निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो । यस फिल्ममा सलोनको पनि अभिनय रहेको छ । उनीसहित नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी मुख्य भूमिकामा रहेको बताइएको छ ।

विशेष गरी सहायक भूमिकामा रुचाइएका सलोनले निर्माण गर्न लागेको यो नै पहिलो फिल्म हो । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दै छन् ।

सुरेशसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

गत भदौ २४ गते नै यस फिल्मको टाइटल पोस्टर सार्वजनिक भएको थियो । जुन पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ ।

सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले बाबु-छोरीको कथा प्रस्तुत गर्ने सलोनको भनाइ छ । यसको कथा सुमन गजमेरले लेखेका हुन् । लगानी भने सक्षम सुबेदीको रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ४ : २५ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार