‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’ « Khabarhub

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको १४९ औँ  महासभामा  नेपालको सहभागिता उपलब्धीमूलक रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपालको संघीय संसदको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभामा भएको महासभाको  भ्रमण फलदायी रहेको जानकारी दिए ।

 शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान र प्रविधि र नवप्रर्वतनमा समतामुलक पहुँचलाई आम हितमा जानुपर्छ भन्ने विषयलाई गम्भीरताका साथ महासभामा उठाएको उनले बताए । 

जलवायु परिवर्तनका कारण नेपालजस्तो अति कम विकसित राष्ट्रहरूले भोगिरहेको समस्या र क्षतिको न्युनीकरण गर्ने बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । महासभाको बैठकमा  विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग भएको साइडलाईन भेटवार्ता पनि उपलब्धि भएको उनले जिकिर गरे ।

यस्तै उनले नेपालको संविधान, निर्वाचन प्रणाली संसदमा, प्रतिनिधित्व संसदीय समितिहरू तथा अन्य प्रतिनिधि मण्डलमा महिला युवा लगायतका विषयगत समितिमा सम्बोधन गर्ने विषयमा जोड दिएको  बताए । 

आइपीयुको सचिवालयमा प्रतिनिधि मण्डलको सहभागिता मात्र नभई नेपाललाई पनि  काम गर्ने अवसर दिन आग्रह गरिएकोमा महासभाका अध्यक्षले सकारात्मक देखाएको उनले जिकिर गरे । गत असोज १७  देखि कात्तिक १ गतेसम्म जेनेभामा भएको महासभामा ९ सदस्यीय  टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहालले  सहभागिता जनाएका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : १७ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने