अफगानिस्तानमा विस्फोट हुँदा तीनजनाको मृत्यु तीन घाइते « Khabarhub

अफगानिस्तानमा विस्फोट हुँदा तीनजनाको मृत्यु तीन घाइते


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ऐन्जेन्सी– पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रान्तको काराबाग जिल्लामा बालबालिकाहरू आलुको खेतमा काम गर्दै गर्दा दुर्घटना भएको  विज्ञप्तिमा जनाइएको छ । विस्फोट हुँदा तीनजना बच्चाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

अफगानिस्तानमा सन् २०२४ को पहिलो छ महिनामा बारुति सुरुङ र विस्फोटक अवशेषको विस्फोटमा कुल २९२ जनाको ज्यान गएको थियो ।  जसमध्ये अधिकांश बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा खतरनाक बारुतिसुरुङ युक्त देशहरू मध्ये एक एक बनेको छ जहाँ पटक–पटकको विस्फोटले आधिकांश बालबालिकासहित दर्जनौँ मानिसहरू आकस्मिक रुपमा मृत्यु तथा अपाङ्गताको सिकार हुन बाध्य छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ४६ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले