भिस्ताराको जहाजमा बमको धम्की, त्रिभुवन विमानस्थलमा अवतरणपछि सेनाले सर्च गर्दै « Khabarhub

भिस्ताराको जहाजमा बमको धम्की, त्रिभुवन विमानस्थलमा अवतरणपछि सेनाले सर्च गर्दै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत धम्की दिइएको थियो । सूचनापछि विमानका सबै यात्रुलाई बाहिर निकालिएको छ । अहिले विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् ।

विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो ।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ४९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका