सरकारविरुद्ध सडकमा माओवादी, जलाइयो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू) « Khabarhub

सरकारविरुद्ध सडकमा माओवादी, जलाइयो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

माओवादीको घोषित आन्दोलन बमोजिम क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरूले मंगलबार साँझ मसाल जुलुस निकालेका हुन् ।

सरकारको विरोध गर्दै माओवादी विद्यार्थीले त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेर निभाएको छ।

माओवादीले विपद्‌ व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन आन्दोलन थालेको जनाएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : २८ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच