भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फेरि भेटवार्ता भएको छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूस पुगेको मोदीले पुटिनसँग मंगलबार द्विपक्षीय भेटवार्ता गरेका हुन् । 

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पुटिनसँग रूस–युक्रेनबीच जारी युद्धबारे कुराकानी गरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ । 

‘रूस र युक्रेनबीच जारी संघर्षको  विषयमा हामी लगातार सम्पर्कमा छौँ,’ मोदीले पुटिनसँग भने, ‘समस्याको समाधान शान्तिपूर्ण तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।’ 

जवाफमा रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको भेटका क्रममा भएको कुराकानी र टेलिफोनमा गरिएको कुराकानी आफूलाई स्मरण रहेको बताए। 

‘मलाई जुलाई महीनामा भएको भेटको याद छ । हामीबीच धेरै राम्रो कुराकानी भएको थियो,’ उनले भारतीय प्रधानमन्त्री मोदीसँग भने, ‘हामीले टेलिफोनमा पनि कयौँपल्ट कुरा गरेका छौँ । कजान आउने आमन्त्रण स्वीकार गर्नुभयो, आभारी छु ।’

मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । यसपल्ट उनी १६ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिनको निमन्त्रणमा रूस गएका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ३४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी