महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने | Khabarhub Khabarhub

महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विश्व पोलियो दिवसको अवसर पारेर महोत्तरीको बर्दिबासमा हाफ म्याराथानको आयोजना हुने भएको छ ।

बर्दिवास रोटरी क्लबरोट्र्याक क्लबले कात्तिक ८ गते नौ किलोमिटर हाफ म्याराथानप्रति प्रतियोगिताको आयोजना गरिएको हो ।

बिहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिता भोला बसन्त चोक, बुद्ध चोक, जनता क्याम्पस, हमाल टोल, एभरेष्ट रोड स्कुल, विनायक व्याक्युट, वडा नं. १ को कार्यालय, बरगाछी टोल हुँदै भोला बसन्त चोकमा नै पुगेर ९ किलोमिटरको गन्तव्य पुरा हुनेछ ।

प्रथम हुने प्रतियोगीलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई प्रमाणपत्र प्रदान  गरिने आयोजक पक्षले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीले गौतम, विनायक र गुन्जमा डिनर कुपन समेत प्राप्त गर्ने रोटरी क्लब बर्दिबासका अध्यक्ष विष्णु पुरीले जानकारी दिए ।    

प्रतियोगीहरूको लागि कुनै निश्यत भूगोल निर्धारण नगरिएको र जुनसुकै पालिकाका माहानुभावहरु प्रतियोगितामा सहभागी हुन् सक्ने कार्यक्रम की संयोजक सुमित्रा भट्टराईको भनाई छ । ९ किलोमिटरको उक्त दूरीमा एउटा एम्बुलेन्स प्रतियोगीहरुसँगै रहने संयोजक भट्टराईले बताइन् ।

यस्तो म्याराथन महोत्तरी मै पहिलो पटक रहेको आयोजक पक्षले दावी गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ४१ बजे

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको