शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त « Khabarhub

शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प पदमा प्रवेश गर्नु अगाडि नै विवादमा परेका छन्। उनले चयन गरेका महान्यायाधिवक्ता मार्क गेयट्जले सो पदमा नरहने निर्णय गरेपछि उनको स्थानमा पाम बोयन्डीलाई ट्रम्पले चयन गरेका हुन्।

गेयट्जमाथि यौन दुर्व्यवहार, अवैध औषधी व्यापार लगायत अनेकौँ अभियोग लागेका छन्। संसद र अमेरिकी सञ्चार क्षेत्रमा उनको विरुद्धमा आवाज उठेको थियो ।

गेयट्जले यी सबै आरोप अस्वीकार गरे पनि लगातारको दबाबका कारण पदमा नरहने निर्णय गरेका हुन्। उनले आफ्नो कारण ट्रम्प असफल हुने सम्भावना बढेका कारण सो निर्णय गरेको बताए। पूर्व सांसद उनले महान्यायाधिवक्ताको पद त्यागेका हुन्।

अमेरिकाको इतिहासमा राष्ट्रपतिले चयन गरेको व्यक्ति संसद्ले अस्वीकार गरेको विरलै घटना छन्। गेयट्ज भन्दा अघि यस किसिमका घटना २८ पटक भएका थिए।

अहिले ट्रम्पलाई अर्को समस्या पनि परेको छ। उनले रक्षा मन्त्री चयन गरेको पिटर हेगस्टेथ पनि सन् २०१७ देखि नै यौन दुर्व्यवहारको आरोप लागेको छ। हेगस्टेथले समेत सो आरोप अस्वीकार गरेका थिए।

नयाँ घोषित महान्यायाधिवक्ता बियोन्डी गएको २० वर्षदेखि अपराध नियन्त्रणको काममा सक्रिय रहेको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। बियोन्डी यसअघि पनि ट्रम्प प्रशासनमा संलग्न भएर काम गरिसकेकी कानुनकी जानकार हुन्।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ३४ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले