जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा « Khabarhub

जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका बिरामीको डाइलाइसिस सेवा सुरु गर्ने भएको छ ।

डाइलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनास’हितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् । आगामी फागुनदेखि सेवा दिनेगरी प्रक्रिया अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। 

‘डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छ’, डा. श्रेष्ठले भने।  

अस्पतालमा आवश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्नेगरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

स्वास्थ्य बीमाबाट पनि उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि बिरामीको चाप बढेको यस अस्पतालबाट दैनिक तीन सय बिरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए। 

उनले केन्द्रमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिए।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : २५ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा