आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने « Khabarhub

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काडमाडौं – पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा सहभागी हुने भएका छन्।

गत साता सार्वजनिक गरिएको ५७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले भने सूचीमा छ। आइपिएलको मेघा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा हुनेछ। सन् २०२० देखि उनी चोटसँग सङ्घर्ष गरिरहेका थिए।

गत वर्ष कुहिनाको चोट बोकेका उनी पछिल्लो केही समयदेखि खेलमा सक्रिय छन्। चार वर्ष टाढा रहेका उनी गएको मेदेखि टेस्ट खेलमा सहभागी भएका हुन्।
उनका लागि यो आइपिएल धेरै अर्थमा महत्त्वपूर्ण रहन सक्छ। आइपिएलमा फर्किएर इङ्गल्यान्डका छनोटकर्तालाई प्रभावमा पार्न सक्छन्। चोट अगाडि आर्चर प्रिमियर पेस बलरको संसारमा परिचय बनाउन सफल भएका थिए।

आइपिएलको अक्सनमा इङ्गल्यान्डका ३८ खेलाडी सहभागी भएका छन्। सीमित ओभरका कप्तान जोस बटलर तथा ४२ वर्षीय जेम्स एन्डरसन पनि सूचीमा छन्।

इङ्गल्यान्डबाट सबै भन्दा धेरै अन्तर्राष्ट्रिय विकेट लिएका एन्डरसनले ओभरसिज फ्रेन्चाइज भने खेलेका छैनन्। टेस्ट कप्तान बेन स्टोक्स, अर्का फास्ट बलर मार्क उड र जोए रुट भने यस पटकको अक्सनमा छैनन्।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ३६ बजे

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना