एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने « Khabarhub

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ ।

एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

एन्फाले शहिद स्मारक बि डिभिजनका केहि खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले पछिल्लो पटक २०२२ मा बि डिभिजन लिग गरेको थियो बने करिब अढाई वर्षपछि बि डिभिजन लिग गर्ने घोषणा गरेको छ ।

     

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ८ : ५५ बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त