बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप « Khabarhub

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कू’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो ।

अनुसन्धानको रिपोर्टमा बोल्सोनारोले आफ्नो प्रतिद्वन्द्वी, वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा (वर्तमान राष्ट्रपति) लाई २०२२ मा भएको चुनावमा पराजयको बाबजुद पदमा रहन खोजेका थिए ।

पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्धको आरोपको सम्बन्धमा, ब्राजिल प्रहरीले पूर्वराष्ट्रपति जैर बोल्सोनारो र अन्य ३६ जनालाई ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ । जस अनुसार २०२२ को चुनावमा पराजयपछि पदमा रहन बोल्सोनारोले आफ्ना सहयोगीहरूसँग मिलेर कू प्रयास गरेका थिए ।

यस विषयमा वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले त्यति बेला आफूलाई विष खुवाउने प्रयास समेत भएको खुलासा गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ४२ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका