एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने « Khabarhub

एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ दल नेकपा एमालेले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा भनिएको सो कार्यक्रममा २ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । 

बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको थियो । तर, कारणवश १२ बजे मात्र शहीद गेटबाट जुलुस हिँड्ने तयारी भएको युवा संघका प्रवक्ता निरोज पौडेलको भनाइ छ । 

‘१२ बजे शहीद गेटबाट जुलुस सुरु भएर  दरबारमार्गमा आउँदा १ बज्छ । त्यसपछि उद्‌घाटन कार्यक्रम सुरु हुन्छ । पौडेलले खबरहबलाई भने, ‘एमाले अध्यक्ष तथा प्रधानमन्त्री ज्यूले सम्बोधन गर्ने तालिका २ बजे पछाडि छ ।’ 

 सभामा ओलीपछि र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । यस्तै अन्य नेताहरू पनि बोल्ने छन् । अहिले कार्यक्रम स्तर दरबारमार्गमा कार्यकर्ताको हल्का चहलपहल छ । 

दरबारमार्गको मुख्य चोकबाट नारायणहिटीसम्म कुनै पनि सवारी साधन आवतजावत गर्न दिएको छैन । एमालेले असोज ३ गते संविधान दिवसमा पनि प्रधानमन्त्री ओलीकै इच्छामा कन्सर्ट गरिएको थियो । सभामा भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट १ लाख मान्छे उपस्थित हुने एमालेको दाबी छ । 

सभामा ओलीले चौतर्फी घेराबन्दी भएपछि आफ्ना कुराहरू राख्ने योजना छ । सरकारका राम्रा काम, निर्णय र भावी योजनालाई कार्यान्वयन गराउन सडकमा गएर जनमत जाँच्ने र पार्टी पङ्क्तिलाई पनि जानकारी गराउने तयारी छ । 

यस्तै, आज नै काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ११ : २३ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक