सरकार सडकमा निस्किँदा काठमाडौं अस्तब्यस्त (तस्बिरहरू) « Khabarhub

सरकार सडकमा निस्किँदा काठमाडौं अस्तब्यस्त (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता जगाउन भन्दै सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सडकमा निस्किँदा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ ।

गत असार ३० गते चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसारको परिणाम दिन नसकेको भनेर चर्को आलोचना भइरहँदा प्रतिरक्षाका लागि एमाले सडकमा उत्रिएको हो ।

एमालेलले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा नाम दिएर कार्यकर्ता उतार्दै गर्दा बिहानैदेखि आसपासका मुख्य चोकमा सवारी व्यवस्थापन अस्तब्यस्त भएको छ।

अनामगरदेखि दरबारमार्गसम्म आइपुग्नै ४५ मिनेट बढी समय खर्चिनुपरेको छ। एमालेको जागरण सभाले लैनचौर, ठमेल, अनामनगर, माइतीतघर , ज्ञानेश्वर, मैदीदेवी, नक्साल, लाजिम्पाटसहितका मुख्य क्षेत्रको सवारी अस्तब्यस्त भएको हो ।

नारायणहिटी संग्रहालयअगाडि दरबारमार्गको मुख्य सडक छेकेर एमालेले सभा गर्न लागेपछि ट्राफिक प्रहरीलाई आसपासको सवारी व्यवस्थापन मिलाउन मुस्किल परेको छ ।

तस्बिरहरू : केशव सावद/विजय देवकोटा

 

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ०८ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा