नेपालमा लगानी गर्ने वातावरण सृजना भएको छ : अर्थमन्त्री  « Khabarhub

नेपालमा लगानी गर्ने वातावरण सृजना भएको छ : अर्थमन्त्री 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताए छन्।  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे ।

रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको उनको भनाइ थियो । 

उनले भने, ‘क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।’ यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे।

सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरू अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ । मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतमदेखि अधिकतमसम्म रेटिङ प्रदान गर्ने गरिन्छ । 

रेटिङमा नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्यांकको विश्लेषण गरिएको थियो । 

त्यसका साथै गुणात्मक मूल्यांकनको चरणअन्तर्गत नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारसँग परामर्श र छलफल गरेको थियो । 

साथै निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत परामर्श गरिएको थियो । नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्यांकन गर्न नमूनाका रुपमा नागढुङ्गा सुरुङमार्गको अवलोकन समेत गरेको थियो ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनका आधारका रुपमा लिने मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले जानकारी बताए। त्यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने उनको भनाइ छ । 

    

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : १६ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा