देशभर ३२ हजारबढीमा डेंगु संक्रमण, १३ जनाको मृत्यु   « Khabarhub

देशभर ३२ हजारबढीमा डेंगु संक्रमण, १३ जनाको मृत्यु  


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

जसमध्ये १३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् । यस्तै, कोशीमा १ हजार ९५९ जना र मधेस प्रदेशमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमतीमा ११ हजार ४२४ जना, लुम्बिनीमा १ हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा १ हजार ३६९ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ । देशभर ७७ जिल्लामध्ये हुम्ला बाहेक सबैमा डेंगु देखिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ५३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार