छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए « Khabarhub

छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ ।

भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सुरक्षा बलले घटनास्थलबाट तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद गरेको रिपोर्टमा उल्लेख छ ।

शुक्रबार बिहान नक्सलवादीहरूसँग भिडन्त भएको थियो । सिपाहीहरूले धेरै नक्सलवादीहरू ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचना पाएका थिए । डीआरजीको टोली नक्सलवादीहरूलाई घेरा हाल्न निस्किएको थियो । दुवैतर्फबाट सयौँ राउण्ड गोली हानाहान भएको बताइएको छ ।

यो भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो । सेनाले उक्त क्षेत्रमा खोजी अभियान चलाएको थियो। खोजी अभियानका क्रममा नक्सलवादीहरूले सैनिकमाथि आक्रमण गरेका थिए । सैनिकहरूले पनि जवाफी कारबाही गरेका थिए । लामो समयसम्म दुवै पक्षबाट गोली हानाहान भएको थियो ।

यसअघि दक्षिण बस्तर, गरियाबन्द र कांकेरमा पनि सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको थियो। नोभेम्बर १६ मा छत्तीसगढको अबुझमद जंगलमा नक्सल र प्रहरीबीच भिडन्त भएको थियो । यस अवधिमा पाँच नक्सलवादी मारिए । जसमा सुरक्षा बलले ४० लाख रुपैयाँ पुरस्कार राखिएका नक्सलवादी मारिएका रिपोर्टमा उल्लेख छ । -न्युजकारखाना

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : २६ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि