छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए « Khabarhub

छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ ।

भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सुरक्षा बलले घटनास्थलबाट तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद गरेको रिपोर्टमा उल्लेख छ ।

शुक्रबार बिहान नक्सलवादीहरूसँग भिडन्त भएको थियो । सिपाहीहरूले धेरै नक्सलवादीहरू ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचना पाएका थिए । डीआरजीको टोली नक्सलवादीहरूलाई घेरा हाल्न निस्किएको थियो । दुवैतर्फबाट सयौँ राउण्ड गोली हानाहान भएको बताइएको छ ।

यो भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो । सेनाले उक्त क्षेत्रमा खोजी अभियान चलाएको थियो। खोजी अभियानका क्रममा नक्सलवादीहरूले सैनिकमाथि आक्रमण गरेका थिए । सैनिकहरूले पनि जवाफी कारबाही गरेका थिए । लामो समयसम्म दुवै पक्षबाट गोली हानाहान भएको थियो ।

यसअघि दक्षिण बस्तर, गरियाबन्द र कांकेरमा पनि सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको थियो। नोभेम्बर १६ मा छत्तीसगढको अबुझमद जंगलमा नक्सल र प्रहरीबीच भिडन्त भएको थियो । यस अवधिमा पाँच नक्सलवादी मारिए । जसमा सुरक्षा बलले ४० लाख रुपैयाँ पुरस्कार राखिएका नक्सलवादी मारिएका रिपोर्टमा उल्लेख छ । -न्युजकारखाना

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : २६ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन