‘घुमौँ मधेश, बुझौँ मधेश’, संयोजकमा ठाकुर नियुक्त « Khabarhub

‘घुमौँ मधेश, बुझौँ मधेश’, संयोजकमा ठाकुर नियुक्त


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेश प्रदेश सरकारले कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रम थालेको छ । उक्त कार्यक्रमको संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।

नेपाल फाउन्डेसनका संस्थापक सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धन अभियान सञ्चालनको संयोजक बनाएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णकाअनुसार मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको कर्णले बताए ।

`मधेश तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा छ । हामीलाई विश्वास छ, ठाकुरजीले लगनशील भएर सार्थक परिणामको रूपरेखा कोर्नेछन्,´ उनले भने ।

संयोजक ठाकुरले मधेश प्रदेशलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताए ।

`अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ । बारामा गढीमाई मेला छ । यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ । समग्र मधेश प्रदेशलाई कसरी पर्यटनमा अगाडि लान सकिन्छ भनेर काम गर्छौं,´ उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : १८ बजे

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि