इनास र संसरा बर्लिनद्वारा काभ्रेपलान्चोकका बाढीपीडितलाई राहत | Khabarhub Khabarhub

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलान्चोकका बाढीपीडितलाई राहत


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।

इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको बर्लिनमा गत महिना देउसीभैलो खेलेर जुटाएको दुई लाख ६० हजार रकम काभ्रेको रोशी र बेथानचोक गाउँपालिकाका बाढीपीडित चार परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।

बर्लिनस्थित नेपाली दूतावास, छ वटा नेपाली रेस्टुराँ र दुई नेपाली परिवारको घरमा देउसीभैलो खेलेर तथा अन्य केही व्यक्तिको सहयोगमा सो रकम सङ्कलन गरिएको इनासले जनाएको छ ।

रोशी गाउँपालिका–३ का नौ वर्षीय छोरा र चार वर्षीया छोरीसहित खेतबारी गुमाएका रुपबहादुर तुम्सिङ र ६७ वर्षीया आमासहित खेतबारी गुमाएका सोमान लामालाई वडाध्यक्ष धनजित लामाले आज एक कार्यक्रमकाबीच राहत सहयोग प्रदान गरेका हुन्  ।

यसैगरी जिल्लाकै बेथानचोक गाउँपालिका–३ स्थित ३९ वर्षीया श्रीमती र ११ वर्षीय छोरासहित घरजग्गा गुमाएका भीमबहादुर शङ्कर र बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएका फडीन्द्र तिमल्सिनालाई राहत सहयोग प्रदान गरिएको वडा सदस्य नारायण तिमिल्सिनाले जानकारी दिए  ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ४ : १५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग