हिरासतबाट रविको चिन्ता : रास्वपाभित्रको एकता तलमाथि हुनु भएन « Khabarhub

हिरासतबाट रविको चिन्ता : रास्वपाभित्रको एकता तलमाथि हुनु भएन


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोधस्वरुप पक्राउ गरेको दाबी गरेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भेट्न आइपुगेका रास्वपा सांसद विराजभक्त श्रेष्ठसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मैले केही भन्नै परे पहिला पहिला बोल्नुपर्‍थ्यो, अहिले त मलाई के लागि पक्राउ गरेको जनताले बुझिसके’, रविको भनाइ उद्धृत गर्दै विराजभक्तले भने, ‘देशले परिवर्तन खोजेको छ, परिवर्तन खोज्ने यो शक्ति ठूलो हुन्छ । यो हाम्रो पार्टीको मात्रै कुरा होइन । देशमा विकल्प खोजेको शक्ति ठूलो हुन्छ ।’

रविले विराजभक्तसँगको भेटका क्रममा पार्टीभित्रको युनिटी (एकता) बलियो बनाइराख्न पनि भनेका छन् । ‘उहाँ (रवि) को मनोबल उच्च छ । किताबहरू पढिरहनु भएको छ’, विराजभक्तले भने, ‘बरु हामीलाई तनाव लिने कुरा छैन, पार्टीभित्र युनिटी (एकता) बचाइराख्न भन्नु भएको छ ।’

रविले अहिले पुस्तकहरू पढिरहेको बताउँदै आफूले कुनै किसिमको तनाव उनको मुहारमा नदेखेको दाबी विराजभक्तले गरेका छन् ।

फरक प्रसंगमा सांसद विराजभक्तले सडकमा आएर विपक्षी दलको नेताले जस्तो प्रधानमन्त्रीले सम्बोधन गर्नुलाई हाँस्यास्पद भनेका छन् ।

‘यो साह्रै विचित्र दृश्य देखियो । गठबन्धन टिकाउन कार्यकर्ता सडकमा उतारिएको हो । कांग्रेसलाई हेर् है भनेर देखाउन खोजेको हो’, पोखरामा उनले भने, ‘संसारमा कहीँ पनि यस्तो विचित्र दृश्य देख्न पाइँदैन । जनतालाई नतिजा दिन नसकेपछि प्रधानमन्त्री नै सडकमा निस्किएको देख्दा विचित्र लाग्यो ।’

उनले कात्तिक २ गते सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेपछि थालिएको रास्वपाको आन्दोलनलाई स्वभाविक भने ।‘देशले नै आशाले हेरेको व्यक्तिलाई थुनिसकेपछि हामीले खबरदारी गरेका हौँ’, उनले भने, ‘अब त हाम्रो आन्दोलन एक अभियान भएको छ। अब हामी एक अभियानमा गइसकेका छौँ ।’

कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध सहकारी ठगीसम्बनधी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सरकारले चलाउने गरी बयान लिइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ३९ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३