सहकारी ठगी प्रकरण : चितवनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी « Khabarhub

सहकारी ठगी प्रकरण : चितवनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी लक्ष्मण केसीले रविसहित १० जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका छन् ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।

रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रूपैयाँ अवैध बाटोबाट लगानीका रुपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाइसकेको छ ।

रविकै साझेदार गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको सहारा सहकारी संस्थाको बच ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशी पनि तानिएका छन् ।

सहारा सहकारीका बचतकर्ताले यसअघि नै चितवन प्रहरीमा जाहेरी दिइसकेका थिए । तर पीडितहरूले रविसहित १० जनाविरुद्ध पूरक जाहेरी बुधबार दिएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

रवि र छविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ०४ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा