सहकारी ठगी प्रकरण : चितवनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी « Khabarhub

सहकारी ठगी प्रकरण : चितवनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी लक्ष्मण केसीले रविसहित १० जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका छन् ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।

रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रूपैयाँ अवैध बाटोबाट लगानीका रुपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाइसकेको छ ।

रविकै साझेदार गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको सहारा सहकारी संस्थाको बच ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशी पनि तानिएका छन् ।

सहारा सहकारीका बचतकर्ताले यसअघि नै चितवन प्रहरीमा जाहेरी दिइसकेका थिए । तर पीडितहरूले रविसहित १० जनाविरुद्ध पूरक जाहेरी बुधबार दिएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

रवि र छविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ०४ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल