‘परालको आगो’मा सुहानाको अभिनय पक्का « Khabarhub

‘परालको आगो’मा सुहानाको अभिनय पक्का


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्ममा नायिका सुहाना थापा अनुबन्ध भएकी छन् ।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले र सुहनाबीच शुक्रबार सम्झौता भएको हो । फिल्मको शीर्षक भने ‘परालको आगो’ नै रहेको बताइएको छ ।

मैनालीको चर्चित कृतिमा आधारित फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको सुहानाले बताइन् । भनिन्, ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’

यस फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्ने बताइएको छ । निर्माता पोखरेलका अनुसार मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि फिल्म निर्माणको अनुमति दिएको हो ।

यही शीर्षकमा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए । यस पटक फरक स्थान, प्रस्तुतीकरण र पटकथाका साथ नयाँ स्वरुपको फिल्म निर्माण हुने निर्माता पोखरेलको दाबी छ ।

आगामी फागुनबाट छायाङ्कन सुरु हुने यस फिल्मको प्रदर्शन २०८२ को दशैंमा गर्ने योजनामा निर्माण पक्ष छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ४४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस