महोत्तरीमा उत्कृष्ट करदाताको रूपमा भण्डारी दोस्रो पटक सम्मानित « Khabarhub

महोत्तरीमा उत्कृष्ट करदाताको रूपमा भण्डारी दोस्रो पटक सम्मानित


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा नै सबैभन्दा बढी कर तिरेबापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन् ।

मापदण्डमा आधारित भएर राज्यलाई सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो । अघिल्लो आर्थिक वर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमानदारिता हरेकमा हुनुपर्ने बताउँदै करमा सबैले इमानदारिता देखाउनु पर्ने धारणा राखे । तर राज्यलाई तिरेको कर सरकारले व्यावसायिक हकहितको लागि प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

बर्दिबासमा सञ्चालित रक्षा टेडर्स एण्ड सप्लायर्सको माध्यमबाट उत्कृष्ट कारोबार गर्दै कर प्रति भण्डारीले देखाएको इमानदारिता अनुकरणीय भएको कर कार्यालय प्रमुख आनन्द गुप्ताले बताए । ‘एउटा व्यापारी  लगातार उत्कृष्ट करदाताकोरुपमा सम्मानित हुनु निक्कै ठुलो विषय हो ।’ प्रमुख गुप्ताले भने । ‘अन्य व्यापारीहरूले पनि व्यावसायिक इमानदारिता र राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्ने पर्छ ।’

रक्षा टेडर्सले आर्थिक वर्ष २०७९/८० मा मात्र भण्डारीले १७ करोड भन्दा बढी कारोबार गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ३६ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको