बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा « Khabarhub

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा बार्सिलोनालाई २-१ ले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

३० औं मिनेटमा अर्का स्पेनिस मिडफिल्डर जाभीसँगको समन्वयमा पेड्रोले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

घरेलु भूमिमा भएको खेलमा बार्सिलोनाले अधिक समयमा खेलमा प्रभाव जमाएको थियो। यसका बाबजुद ६० औं मिनेटमा कासाडाले गरेको गल्तीका कारण मार्क रोड्रिगो डो पाउस बराबरी गोल गर्न सफल भए।

बार्सिलोनाले थुप्रै गोलको अवसर गुमाएको खेलको इन्जुरीको समयको छैटौँ मिनेटमा नाहुद मोलिनाको पासमा सोर्लोथले गोल गरे।

प्रतियोगितामा एट्लेटिकाको यो लगातार १२ औं जित हो। यस जितले एट्लेटिको शीर्ष स्थानसहित वर्षको अन्त्य गर्न सफल भएको छ। १८ खेलमा एट्लेटिकोको ४१ तथा १९ खेलमा बार्सिलोनाको ३८ अङ्क छ।

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अङ्क छ। रियलले आइतबार सेभियासँग खेल्ने छ।

स्पेनिस ला लिगाका शनिबार राति भएका अन्य खेलमा मालोर्काले गेटाफेलाई १-०, सेल्टा भिगोले रियल सोसिडाडलाई २-० र एथलेटिका क्लबले ओसासुनालाई २-१ ले हराए।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया