यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि « Khabarhub

यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता भारतीय महिला टोलीले जितेको छ। भारतले बंगलादेशलाई ४१ रनले हराउँदै उपाधि जितेको हो ।

मलेसियाको क्वालालाम्पुरमा भएको फाइनल भिडन्तमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । भारतले पहिले ब्याटिङमा गएर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

भारतका लागि सबैभन्दा धेरै गोङ्गाडी त्रिशाले ५२ रन बनाइन् । उता बंगलादेशकोतर्फबाट फरजाना एसमीनले सबैभन्दा धेरै ४ विकेट झारिन् ।

११८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशको टोली १८.३ ओभरमा ७६ रन बनाएर अलआउट भयो । बंगलादेशका नौ ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । सबैभन्दा धेरै २२ रन जौरिया फिरदौसले बनाइन् ।

उता भारतकोतर्फबाट आयुषी शुक्लाले तीन विकेट झारिन् । परुनिका सिसोदिया र सोनम यादवले २/२ विकेट लिए भने भीजे जोशिथाको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने