यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि « Khabarhub

यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता भारतीय महिला टोलीले जितेको छ। भारतले बंगलादेशलाई ४१ रनले हराउँदै उपाधि जितेको हो ।

मलेसियाको क्वालालाम्पुरमा भएको फाइनल भिडन्तमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । भारतले पहिले ब्याटिङमा गएर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

भारतका लागि सबैभन्दा धेरै गोङ्गाडी त्रिशाले ५२ रन बनाइन् । उता बंगलादेशकोतर्फबाट फरजाना एसमीनले सबैभन्दा धेरै ४ विकेट झारिन् ।

११८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशको टोली १८.३ ओभरमा ७६ रन बनाएर अलआउट भयो । बंगलादेशका नौ ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । सबैभन्दा धेरै २२ रन जौरिया फिरदौसले बनाइन् ।

उता भारतकोतर्फबाट आयुषी शुक्लाले तीन विकेट झारिन् । परुनिका सिसोदिया र सोनम यादवले २/२ विकेट लिए भने भीजे जोशिथाको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ५५ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच