वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो : शेखर कोइराला | Khabarhub Khabarhub

वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो : शेखर कोइराला


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए  ।

नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिए।

‘यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन’,उनले जोड दिएर भने,’कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।’

नेता डा कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

नेता डा कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताए ।

यसैगरी उनले एक वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १ : ३८ बजे

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

बागलुङ– दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बागलुङका दुग्ध

चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई

युरोपेली च्याम्पियन्स लिग : तीन इङ्लिस टोली सिधै दोस्रो चरणमा

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा सिधै तीन इङ्लिस

तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार

पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् ।