शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो  « Khabarhub

शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो 


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो गएको छ । शेयर बजार साढे १३ अंकले घट्दा लो क्याप मानिएको विकास बैंक, फाइनान्स र ट्रेडिङ समूह बढी घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अंकले घटेर परिसूचक २५८३.२९ विन्दुमा पुगेको छ । आज नेप्से ०.५२ प्रतिशतले घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर कारोबार भएको छ ।

आज ८४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा ९ अंकले घटेर सूरु भएको शेयर बजार खुलेको केही समयमा हरियाली देखिएको थियो । तर बजार बन्द हुँदा भने बजारमा गिरावट आयो ।

आज बजारमा गिरावट आउँदा ३१९ वटा कम्पनी कारोबार आयो भने ५७ हजार ८६३ पटक शेयर किनबेच भयो । आज १३ वटा समूहमध्ये २ वटा समूह बढ्यो भने बाँकी ११ वटा समूह घट्यो ।

आइतबार हाइड्रोपावर समूह ०.६५ प्रतिशतले बढेर ३ हजार ४२४.३९ विन्दुमा पुग्यो भने उत्पादन तथा प्रशोधन समूह १.५७ प्रतिशतले बढेर ६ हजार ८१७.०२ विन्दुमा पुग्यो ।

आज सबैभन्दा बढी विकास बैंक समूह २.०५ प्रतिशतले घटेर ५ हजार ३४६.३३ विन्दुमा पुग्यो भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०१ प्रतिशतले घटेर ६ हजार ३९८.७९ विन्दुमा पुग्यो ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.८७ प्रतिशतले, फाइनान्स १.४९ प्रतिशतले, लगानी १.१८ प्रतिशतले, जीवन बीमा ०.८१ प्रतिशतले, लघुवित्त ०.३९ प्रतिशतले, म्युचुअल फण्ड ०.३५ प्रतिशतले, निर्जीवन बीमा ०.८२ प्रतिशतले, अन्य समूह ०.३७ प्रतिशतले र ट्रेडिङ समूह १.३५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : १८ बजे

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स