आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत « Khabarhub

आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गरेका छन् ।

नयाँ अनलाइनका सम्पादक-प्रकाशकका लागि आचारसंहिता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलाअन्तर्गत आज काउन्सिलमा भएको कार्यक्रममा उनले आधारहीन आरोप र पक्षधरताले सञ्चारमाध्यमकै बदनाम हुने भएकाले तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए त्यसको नाममा आलोचना मात्रै गर्नु र सन्तुलन गुमाउनु मर्यादित पत्रकारिताविपरित भएको अध्यक्ष बस्नेतको भनाइ थियो । ‘पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगत्ले खेपिरहनुपरेको छ । त्यसैले अहिले आधारहीन आरोप नभई आलोचनात्मक पत्रकारिताको खाँचो छ’, उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ  पालना गर्नुपर्ने बताए । प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण र लागू गराउने भएकाले पछिल्लो समय नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गर्ने काम सराहनीय र प्रभावकारी रहेको बताए ।

विषय विज्ञ फूलमान बलले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भनेर चिन्ने गरिएकाले यसमा प्रश्न उठाउने काम पत्रकार आफैँले गर्न नहुने बताए । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक उहाँले राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक रहेको धारणा राखे ।

अग्रज पत्रकार अरुण बरालले पत्रकारितामा आर्थिक सङ्कटसँगै सामग्री (कन्टेन्ट)को सङ्कट देखिएको उल्लेख गरे । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत काउन्सिलले जारी गरेका चार वटा निर्देशिका कार्यान्वयन गरेमा  समाचार विवादरहित हुने बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : १९ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको