दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु « Khabarhub

दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो- दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी (पीआरएफ) ले एएफपीलाई जानकारी दिएको छ ।

नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।

पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।’

ट्रक चालक घटनास्थलबाट फरार भएको अग्निनियन्त्रकले बताएका छन् ।

अग्निनियन्त्रकहरूले सुरुमा बिहान ४ बजेतिर बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाएर ट्रकलाई ठक्कर दिएको र पछाडिबाट आएको अर्को गाडीले पनि बसलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनापछि साओ पाउलोबाट उत्तरपूर्वी बहिया राज्यको भिटोरिया दा कन्क्विस्टातर्फ जाँदै गरेको बसमा आगलागी भएको थियो ।

स्थानीय दमकल विभागका प्रवक्ताले एएफपीसँग भने, ‘शवको अवस्थाका कारण ठ्याक्कै संख्या यकिन गर्न सम्भव छैन।’

भग्नावशेषबाट जलेको अवशेष निकालेको दमकल विभागले केही घाइतेहरू भित्र फसेको जनाएको छ।

शनिबार बिहान सार्वजनिक गरिएको एक भिडियोमा मिनास गेरैस फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलोन्सो भिएरा जुनियरले भग्नावशेष हटाउन क्रेनको आवश्यकता पर्ने र अझै धेरै पीडितलाई हटाउन बाँकी रहेको बताएका छन् ।

मृत्यु हुनेमा एक बालक, बसका चालकसहित ३८ जना रहेका छन् ।

गत नोभेम्बरको अन्त्यतिर ब्राजिलको उत्तरपूर्वी राज्य अलागोसमा एउटा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ५६ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको