टुक्राइएको हवाई सेवा र नागरिक उड्डयन विधेयक संसदमा पेस हुने « Khabarhub

टुक्राइएको हवाई सेवा र नागरिक उड्डयन विधेयक संसदमा पेस हुने


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरी तयार गरिएका दुई विधेयकहरूलाई संसदमा पेस गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा पुष ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्य विवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।

सो क्रममा प्रवक्ता गुरुङले मुलुकमा आर्थिक लगायतका धेरै समस्या देखिएका कारण ठूला दल मिलेर स्थायित्वका लागि सरकार बनाउनुपरेको बताए ।

राष्ट्रिय राजनीतिकको अस्थिरता अन्त्य गर्दै मुलुकको समृद्धि र विकासमा सरकारको ध्यान रहेको उनले बताए । गुरुङले वर्तमान सरकार बनेको प्रति केहीलाई चित्त नबुझेकाले विभिन्न भ्रम छर्ने कोसिस भइरहेको जिकिर गरे ।

उनले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने बताए । गुरुङले ८४ सम्म दुई दल मिलेर सरकार बनाउने र त्यसपछि ठूला दलहरू नै प्रतिस्पर्धामा उत्रने धारणा राखे ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : १४ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी