रविलाई निलम्बनको पत्र संसद्‍मा « Khabarhub

रविलाई निलम्बनको पत्र संसद्‍मा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्ने पत्र आइपुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत पठाएको निमल्बनसम्बन्धी पत्र आइतबार अपरान्ह आइपुगेको संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले खबरहबलाई बताए ।

‘जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत् पठाएको पत्र आइपुगेको छ’, उनले भने, ‘हामी त्यसलाई कानुनबमोजिम प्रक्रियामा लैजान्छौँ।’

जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो ।

लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वत: निलम्बनमा पर्ने सम्भावना बढेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउने/ नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुन्छ । यस्तोमा प्रहरीले उक्त ऐनअनुसार नै निलम्बनका लागि संसद् सचिवालयमा पत्र पठाएको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) ले सार्वजनिक ओहोदामा रहेको व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएमा पदबाट स्वत: निलम्बन हुने स्पष्ट लेखिएको छ । यसबमोजिम मुद्दा दर्ता हुनासाथ चितवन क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भइसकेका लामिछानेविको सांसद पद निलम्बन पक्रिया थालिएको हो ।

‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नलागेसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा ब्याख्यासहित भनिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ४८ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित